सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीका भुमिहिनलाई प्रमाणपत्र दिन नगरपालिका तीव्ररुपमा लाग्दै

२०८० असार १७, ०४:५८ खबर संवाददाता

धनगढीः  कैलालीको एक पालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई प्रमाणपत्र दिने काममा तीव्रता बढाएको छ।

जिल्लाको घोडाघोडी नगरपालिकाले नगरपालिका भित्रका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन प्रमाणपत्र दिनका लागि तीव्रताका साथ अगाडि बढेको छ।  आज (आइतबार) वडा नम्बर–४ मा जग्गा नाप नक्साको काम सुरु भएको छ। नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले वडा नम्बर–४ मैतुवा गाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन।

नगरपालिकाले गत जेठ १९ गते देखी वडा नम्बर–१२ बाट जग्गा नाप नक्साको काम सुरु गरेको थियो। अहिले वडा नम्बर–१२ को काम सकिएर वडा नम्बर–११ मा जग्गा नाप नक्साको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले पहिलो चरणमा वडा नम्बर–१२, ११, ४ र १ मा जग्गा नाप नक्साको काम सकेर तुरुन्तै ती वडाभित्रका जनतालाई लालपुर्जा वितरण गर्ने जनाएको छ।

नगरपालिकाले भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको काम सुरु गरेसँगै बषौँ देखि जग्गाधनी पुर्जा र जमिन विहीन नागरिक अब जमिनको स्वामित्व पाउने भएपछि हर्षित भएका छन्।

कमेन्ट लोड गर्नुस