सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा हाम फालेर एक पुरुष बेपत्ता

२०८० असार १७, ०६:१८

दार्चुला: महाकालीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन्।

दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका हुन्। प्रहरीका अनुसार शनिवार अन्दाजी ३४÷३५ वर्षका पुरुषले महाकाली नदीमा हाम फालेका थिए।

नदीमा हाम फालेर  बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि  नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले उनको खोजीकार्य आजसमेत जारी रहने बताए। पुरुषले हाम फालेको ठाउँमा चप्पल  मात्रै  फेला परेको छ। 

कमेन्ट लोड गर्नुस