सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा बस अपहरण गरी १४ यात्रुको हत्या

२०७६ वैशाख ५, ११:२४ खबर संवाददाता

दक्षिणपश्चिमी पाकिस्तान बन्दुकधारीले एक यात्रुवाहक बस अपहरण गरी १४ यात्रुको हत्या गरेका छन्। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराँचीबाट ग्वादार जान लागेको बस बिहीबार बिहान अपहरणमा परेको थियो।

बन्दुकधारीले छानीछानी बसभित्रका यात्रुको हत्या गरेको बाँचेका यात्रुले प्रहरीलाई जानकारी दिएका छन्। कुन समुदायका यात्रुलाई मारिएको हो भन्ने खुल्न सकेको छैन।

दक्षिणपश्चिमी पाकिस्तानको बलुचिस्तानमा छुट्टै बलुचिस्तान बनाउने र स्लामिस्ट मिलिसियाहरू सक्रिय छन्। पृथकतावादीहरू बलुचबाहेक अन्य समूदायलाई निसाना बनाउँदै आएका छन् भने स्लामिस्ट मिलिसियाले अल्पसंख्यक सिया मुस्लिममाथि आक्रमण गरेका छन्।
तर बिहीबारको हत्याको भने कुनै समूहले जिम्मेवारी लिएको छैन। 

कमेन्ट लोड गर्नुस