सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

२०८० असार १५, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ कटाँसको भित्रिसडक खण्डमा सोही ठाउँका २४ वर्षीय शंकर थापालाइ पक्राउ गरिएको हो। शंकालागि चेकजाँच गर्दा उनको साथबाट ३०० मिलिग्राम लागु औषध फेलापारी बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो।

लागुऔषधसहित उनलाई ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी अमरावतीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। यस्तै कैलालीको अत्तरिया बसपार्कबाट लागुऔषधसहित थप १ जना पक्राउ परेका छन्। बिहीवार साँझ लागुऔषधसहित धनगढी उप–महानगरपालिका–५ शिवनगरका २१ वर्षीय कुम्भ बम पक्राउ परेका हुन्।

बसपार्कमा संकालागि चेकजाँच गर्दा बमको साथबाट विभिन्न नामका ३ थरीका १४० ओटा ट्याबलेट फेला पारी इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस