सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री धामीले भेटे सहीदका परिवार

२०८० असार १४, ०४:५६ खबर संवाददाता

धनगढीः वृक्षारोपण कार्यक्रममा सहभागी हुन कैलालीको कैलाली गाउँपालिका पुगेका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीले जनयुद्धका क्रममा सहादत प्राप्त एक सहीदका परिवारलाई हसुलियामा भेटेका छन्। तत्कालीन जनयुद्धमा लागेर सहादत प्राप्त गरेका हिराराज चौधरीका परिवारलाई मन्त्री धामी र राज्यमन्त्री मालले भेटेका हुन्। 

हिराराजका बुवा सीताराम चौधरीलाई हसुलियामा रहेको उनको घरमा गइ भेट गरेका मन्त्री धामीले परिवारका सदस्यको उपचार र अन्य कुरामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।
 

कमेन्ट लोड गर्नुस