कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देबिलाल शाहको गएराति १ः४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको हो। शुक्लाफाटा नगरपालिका–१० शान्तिपथको भतिजा नाता पर्ने दान बहादुर शाहको घरमा सुत्नलाइ छतमा गईरहेको बेला देबिलाल खसेर घाईते भएको प्रहरीले बताएको छ।
उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाकारी दिएको छ।

