सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललिता निवास जग्गा प्रकरणमाः गुरुङसहित चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

२०८० असार १३, ०४:५३ खबर संवाददाता

काठमाडौंः  काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई ७ दिन हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन्। मंगलबार गुरुङसहित पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की, धर्मप्रसाद गौतमसहित ७ जनालाई पक्राउ गरेको थियो।

तीन जना भने मंगलबारै अदालतको स्टे अर्डरसँगै रिहा भएका थिए।
 

कमेन्ट लोड गर्नुस