सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका चार स्थानबाट भन्सार छलीका सामान बरामद

२०८० असार १२, ०४:२४ खबर संवाददाता

धनगढीः कैलालीका र कञ्चनपुरका विभिन्न चार स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। मंगलवार बिहान धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट करिब एक लाख मुल्य बराबरका गाडीका पाटपुर्जाहरु बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।

त्यस्तै मंगलवार विहान धनगढी उपमहानगरपालिका–१८ थापाघाटबाट पनि करिब २५ हजार मुल्य बराबरका अबैध कुखुरा बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले अबैध कुखुरा नियन्त्रणमा लिएको हो। त्यस्तै भजनी नगरपालिका–८ कृष्णनगरबाट पनि भन्सार छलीका सामानसहित टीकापुर नगरपालिका–६ सुवर्णपुरका ३० वर्षीय हिक्मत चौधरी पक्राउ परेका छन्।

उनी एक लाख ३५ हजार मुल्य बराबरका चिनीसहित मोटरसाईकल र चालकलाई प्रहरी चौकी जनकपुरले नियन्त्रणमा लिएको हो। त्यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ वैवाह कान्छीबजारबाट भन्सार छलीका करिब ११ हजार मुल्य बराबरका सामान बरामद गरिएको छ। प्रहरीले अबैध कुखुरा बरामद गरिएको छ।

कमेन्ट लोड गर्नुस