सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाद्धारा संसद अवरोध

२०८० असार १२, ११:५२ खबर संवाददाता

काठमाडौँः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेको छ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाले मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै उठेर विरोध गरेका हुन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गरेका छन्।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि यस विषयमा विरोध जनाएको छ। मंगलबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची पनि छ। जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।

प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
 

कमेन्ट लोड गर्नुस