सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली भुटानी शरणार्थी प्रकरणः फरार रहेका बुढाथोकी पक्राउ

२०८० असार ११, ०६:०६ खबर संवाददाता

काठमाडौँः  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो। प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो।

त्यसमध्ये १८ जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ ५ लाख र १० लाख धरौटीमा छोडेको थियो। बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। फरार १२ मध्येका बुढाथोकी पनि हुन्। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जना अझै फरार रहेका छन्।
 

कमेन्ट लोड गर्नुस