सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी नदीहरुमा आकस्मिक बहावको जोखिम

२०८० असार ११, ०८:२९ खबर संवाददाता

धनगढीः आज यी नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ। सोमवार बिहानको मापन अनुसार महाकाली, कोशी, कन्काई, नारायणी, कर्णाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ।

साथै रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ। आज महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहे पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाइराख्नसमेत भनिएको छ।

कमेन्ट लोड गर्नुस