सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना?

२०८० असार ११, ०६:१८ खबर संवाददाता

धनगढीः हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशभर सामान्य बदली रहनेछ। 

कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

मधेस प्रदेशका धेरै भू–भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। भारी वर्षा र मेघ–गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

कमेन्ट लोड गर्नुस