कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
२०८० असार १०, ०९:३३
धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–४ पुरैन ताल बस्ने ५५ वर्षीय मोहन बुचामगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो। बिजुलीको तार सर्ट भई जमिनमा लथ्रिएको तारबाट करेन्ट लाग्दा अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस