सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको श्रीभावरमा पहिरो, जयपृथ्वी राजमार्ग बन्द

फाइल फोटो
फाइल फोटो
२०८० असार १०, ०९:५४ खबर संवाददाता

बझाङः बैतडीको श्रीभावमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। बझाङ प्रहरीका अनुसार शनिवार रातिदेखि सडक अवरुद्ध छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खसेको हो। 

यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन स्काभेटर पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बझाङ प्रहरीले बताएको छ।

पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने भएको छ। 
 

कमेन्ट लोड गर्नुस