साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध

२०८० असार १०, ०८:०८
धनगढी : बाजुरा जिल्ला जोड्ने साँफेमार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा पहिरोका कारण सडक अवरुद्ध भएको हो। बाजुरा प्रहरीका अनुसार सडकमाथिबाट ढुगाङ सडकमा आएका छन्। ढुङ्गा हटाउने प्रयास थालिएको छ।
बर्खा सुरुभएपछि बाजुराका सडक यातायात प्रत्येक वर्ष अवरुद्ध हुँदै आएको छ। जिल्लाका नागरिकले सडक यातायतबाट दुःख पाउँदै आएका छन्।

कमेन्ट लोड गर्नुस