नेपाललाई निरक्षरको नभई विद्वानको देशको रुपमा चिनाउनु पर्छ : प्रधानमन्त्री ओली
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/GgnYWcZNTIbZ.jpg?itok=9gyBkE_E)
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन्। विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विद्वानको देश भनेर विश्वसामु चिनाउनुपर्ने बताए।
उनले भने, ‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’, ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन।’
उनले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको बताउंदै अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पारेका छन्। उक्त अन्तरक्रियामा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल पनि उपस्थित रहेका थिए।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)