सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदिपुरुषबाहेक हिन्दी फिल्म आजैदेखि चलाउने संघको निर्णय

२०८० असार ८, ०४:१३ खबर संवाददाता

काठमाडौँः  फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आजैदेखि देशभर हिन्दी फिल्म चलाउने निर्णय गरेको छ।

उच्च अदालत पाटनको आदेशपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले विवादित फिल्म आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको जानकारी गराएको हो। साथै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको बताउँदै संघले राष्ट्र र राष्ट्रयताभन्दा कोहीमाथि नरहने मान्यता पनि राख्ने उल्लेख गरेको छ।

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएका थीए। तर, नेपालमा मात्र हटाएपछि महानगरले गत सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो।

त्यसैबीच उच्च अदालत पाटनले बिहीवार विपक्षीहरुको नाममा अल्पकालीन आदेश जारी गरेको थियो।
 

कमेन्ट लोड गर्नुस