धनगढीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांकेतिक भाषाको समेत प्रयोग

धनगढीः धनगढी उपमहानगरपालिकाले बिहीवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीवार नगरप्रमुख गोपाल हमालले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
उपमहानगरपालिकाले दसौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलोपटक सांकेतिक भाषाको प्रयोग गरिएको छ। श्रवण शक्ति नभएका र कम भएका व्यक्तिहरूले नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई बुझ्न् सहज होस् भन्ने उद्देश्यले सांकेतिक भाषाको प्रयोग गरिएको उपमहानगरले जनाएको छ।



