सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट ३ लाख ५० हजारको अवैध सामान नियन्त्रणमा

२०८३ साउन १३, ०९:५६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले ३ लाख ५० हजारको अवैध सामान नियन्त्रणमा लिएको छ।

कैलालीको भजनी नगरपालिका–५ गुलरियाघाँट नजिक जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ लाख ४ हजार बराबरको सामान नियन्त्रणमा लिएको हो। भन्सार छलीको  धागो, फास्टिङ टेप, निडल प्लेट, ड्रेस हुक, पिटम्यान सेट, निडल होल्डर, ट्रेडल स्क्रू, सिलाइ मेसिनको मोटर, ट्राउजर हुकधागो काट्ने कैची, बटन लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ। 

यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ४६ हजार ४ सय बराबरको बोईलर कुखुरा मंगलबार इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको छ।

कमेन्ट लोड गर्नुस