सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामानसहित एक महिला पक्राउ

२०८० असार ७, ११:०४ खबर संवाददाता

धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित एक जना महिला पक्राउ परेकि छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका– ३ मिलन चोकबाट भन्सार छली सामान ल्याउदै गरेको अवस्थामा कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ का ५७ वर्षीया सुना कोलीलाई पक्राउ गरेको हो। उनलाई अन्दाजी पाँच हजार मूल्य बराबरको चिनी, मिश्री, नरिवल, तेल, पास्ता, सामानहरु सहित कैलालीबाट खटिए गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ। 

यसैगरि, जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट भारतबाट भन्सार छली ल्याएका अनुमानित सात हजार मुल्य बराबरको चिनी, सिस्टम गुट्खा, भाडा धुने सावुन, नमकीन, लगायतका सामानहरु बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सामान  नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस