सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७५ वैशाख १९, ०९:११

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको हो । बुधबार राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३÷३ रुपैयाँ बढेको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०÷९० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको निगमले जनाएको छ ।  निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । केहि दिन अगाडी मात्रै निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

 

कमेन्ट लोड गर्नुस