सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकतामा आमा स्वेच्छिक बनाइएकामा विरोध

२०७५ साउन ३०, ०७:४०

नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता दिँदा बुबालाई अनिवार्य र आमालाई स्वेच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन् । 
सरकारले संसदमा पेश गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । 
संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावको छलफलमा सांसद्हरूले विभेदपूर्ण व्यवस्था हटाएर संविधानको मर्मअनुरूप बनाउन माग गरे ।
‘छोराछोरी नागरिकतामा आमालाई स्वेच्छिक बनाएर बाबुलाई अनिवार्य किन बनाइयो’, कांग्रेस सांसद डिला संग्रौलाले भनिन्, ‘विभेद गर्न पाइँदैन । संविधानमा समेत वंशीय आधारमा समान अधिकार हुन्छ भनिएको छ ।’ 
सांसद शान्ति तामाङले नेपाली नागरिकले राज्यविहीन हुनुनपर्नेगरी कानुन बनाउन माग गरिन् । भनिन्, आमा धर्ती, मायाको खानी भन्छौँ, आमाले हुर्काको पुरुष पहिलो दर्जाको हुने, महिला दोस्रो दर्जाको कसरी हुन सक्छ । 

कमेन्ट लोड गर्नुस