सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटनामा वैंकका शाखा प्रमुख सहित दुईको मृत्यु

रामबहादुर हमाल
रामबहादुर हमाल
२०७५ वैशाख २२, ०९:२२

शुक्रवार साँझ जीप  दुर्घटना हुँदा वैंका शाखा प्रमुख सहित दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज गईरहेको  ग्लोबल आईएमई बैंकको जिप हिजो बेलुका बर्दिया नगरपालिका–९ औरीमा दुर्घटना हुँदा वैंका धनगढी शाखा प्रमुख सहित दुई जनाको मृत्यु भएको हो । वा १७ च १२१७ नम्बरको जि दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख म्यादीका ४२ वर्षीय रामबहादुर हमाल र ग्लोबल आईएमई बैंकमै कार्यरत कञ्चनपुरका ३२ वर्षीय भुवन पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।

भुवन पन्त

जिप पछाडिको पांङग्रा निस्किएर जिप चालकको  नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यकाल बासगढीका कामु प्रमुख रवि अस्लामीले जानकारी दिए ।  गाडी अनियन्त्रित भई सडक भन्दा पर राखिएको टिकट काउन्टरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी घाईते भएका ६ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । बैंकको बैठकमा सामेल हुन् कर्मचारीहरु नेपालगञ्ज आईरहेका थिए।
 

कमेन्ट लोड गर्नुस