सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘छक्का पञ्जा ३’ र ‘जय भोले’ भिड्ने संभावना कति ?

२०७५ वैशाख २४, ०३:२३

एकै मितिमा दुईभन्दा बढी फिल्म एकसाथ हलमा लाग्नु अचेल अनौठो भएन । साना बजेटका र कमजोर प्रचारका फिल्म चारवटै भिडेपनि त्यसको खासै चर्चा हुन्न । तर, ठूला बजेट र मल्टिस्टारर फिल्म दुईवटा मात्र पनि एकसाथ रिलिज हुँदा त्यसले सिनेवृतमा ठूलै तरंग ल्याउने गरेको छ। यस वर्षको दशैंमा यस्तै दुई ठूला फिल्म हलमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । लगातार केही वर्षदेखि दीपक, दीपाको फिल्मले दशैंको फूलपाती छाडेको छैन ।

यो मिति अहिले ’छक्का पञ्जा’ टिमको कब्जामा छ । यो मितिमा कुनै फिल्म रिलिज गर्नु भनेको ’बाघको मुखमा हात हाल्ने सरह हो’ भनिन थालिएको छ । यसैबीच, निर्माण घोषणाकै क्रममा अशोक शर्मा निर्दे्शित फिल्म ‘जय भोले’ ले दशैंको फूलपातीलाई प्रदर्शन मिति तय र्गयो । यसमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, राजाराम पौडेल लगायतका कलाकारहरु लिड रोलमा छन् । उक्त फिल्मको छायांकन सकिएर टिजर युट्युब र हलमा बजिरहेको छ ।

चाँडै यसको गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ। तर, ‘छक्का पञ्जा ३’ को भने सुटिङसम्म सुरु भएको छैन। अझै यो टिम स्क्रिप्टमै मिहिनेत गरिरहेको छ । बैशाख १७ गतेबाट सुरु हुने भएपनि स्क्रिप्ट चित्त नबुझेपछि दीपकराज गिरीले सुटिङ डेट सारे। बैशाख अन्तिमबाट पनि यसको सुटिङ सुरु हुने छाँटकाट देखिएको छैन। केही दिन अझै स्क्रिप्टमै अल्झिए यो फिल्म दशैंको फूलपातीमा आउने संभावना टर्दै जानेछ । हुनत, फिल्मको नाम ब्राण्ड भइसकेका कारण निर्माण टिमले पब्लिसिटीमा धेरै समय खर्चिनु पर्दैन तर सुटिङ गर्नै ढिला भए सम्पादन, डविङलगायतका कामले झन्डै ३ महिना फिल्म टेवलमै थन्किन्छ। जेठ पहिलो साताबाट पनि ‘छक्का पञ्जा ३’ को छायांकन सुरु नभए ‘जय भोले’ ले एकल रिलिजको अवसर पाउनेमा लगभग पक्कापक्की हुनेछ। यस फिल्मलाई तेस्रो पटक दीपाश्री निरौलाले निर्देशन गर्दै्छिन्। दीपकसँगै दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकारहरुको यसमा लिड अभिनय रहने पक्का भइसकेको छ।
फिल्मी खबर
 

कमेन्ट लोड गर्नुस