सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेला महोत्सवले राष्ट्रिय कलाकारमा बढेको देउडा मोह 

२०७४ चैत्र १८, ०४:३५

प्रदेश नम्वर ७ मा आयोजना हुने मेला महोत्सवमा आयोजकको सबैभन्दा बढि रोजाइमा भने प्रदेश बाहिरका कलाकारहरु पर्ने गरेका छन् । ठेट देउडा कलाकारले गाउँदा दर्शकले थपडी बजाउदैनन् भन्ने मानसिकताका कारण प्रदेश बाहिरका कलाकारहरु पहिलो रोजाइमा पर्ने गरेका छन्। त्यसैले पनि होला नाम र दाम कमाएका राष्ट्रिय कलाकार पनि अहिले देउडा गित बजारमा ल्याउन थालेका छन्। नेपाली आधुनिक संगीतमा चर्चित नाम हो प्रमोद खरेल।

खरेलका थुप्रै चर्चित गितले प्रदेश नम्वर ७ का श्रोता दर्शकको पनि मन जितेको छ । त्यसैले पनि होला प्रदेश नम्वर ७ मा आयोजना हुने विरलै मेला महोत्सव होलान जहाँ खरेलको उपस्थिति रहदैन्। देउडा लयमै नेपाली शव्दको प्रयोग गरेर धनगढी प्रिमियर लिगको गीत गाउनुभएका उहाँलाई यस क्षेत्रमा आयोजना हुने अधिकासं मेला महोत्सवमा आमन्त्रण गरिन थालेपछि देउडा गितको मोहले तानेको हो। लोक दोहरी संगितमा टिका पुनको नाम पनि चर्चित हो।

आफै प्रदेश नम्वर ७ को वासिन्दा नभएपनि पुनले चल्तीकी देउडा गायिकाकै हारहारीमा देउडा गित गाएकी छन्। अधिकांश यसै क्षेत्रका देउडा गायको साथ दिएर पुनले देउडा गित बजारमा ल्याएकी छन्। प्रदेश नम्वर ७ मा उहाँको परिचय नै देउडा गितले बनाइदिएको छ। लोकदोहरीमा नाम कमाएर अहिले एक पछि अर्को देउडा गितमा गायीका देवी घर्ती मगरको स्वर पनि सुन्न पाइन्छ। चर्चीत लोकदोहरी गायीका विष्णु माझी, गायक राजु परियार, मिलन लामा, रामचन्द्र काफ्ले, कोमल वली, जुनु रिजाल माण्डवी त्रिपाठी लगायतका गायक गायीकाले देउडा गितमा स्वर दिन थालेको त बर्षाै भइसकेको छ।

मेला महोत्सवका नाममा प्रदेश नम्वर ७ ले धेरै राष्ट्रिय कलाकारको राम्रो आम्दानी गराउन थालेपछि उनीहरुले नै देउडा गीतमा स्वर दिन थालेका हुन्। प्रदेश नम्वर ७ कै कलाकारले देउडा गित गाए दर्शकले थपडी बजाउदैनन् अनि आयोजकले पनि उनीहरुलाई स्वीकार्ने आट गरेको हुन्न। तर प्रदेश बाहिरका जस्ले राष्ट्रिय कलाकारको दर्जा पाएका हुन्छन् तिनिहरुले त्यहि देउडा गीत गाँउदा दर्शकले जोर–जोरले थपडी बजाउछन्। यस क्षेत्रका गायकमा गायनीमा कमि हो वा श्रोता दर्शकको यस क्षेत्रका कलाकार प्रतिको सोचाइ नै गलत हो सोच्ने बेला आएको छ। 
 

कमेन्ट लोड गर्नुस