सुदूर नेपाललाई विश्वसँग जोड्दै

बादी र बदिनीको कथामा ‘पण्डित बाजेको लौरी’

२०७५ जेठ २, ०५:०७

सिनेमा ‘पण्डित बाजेको लौरी’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । दीपक ओली निर्दे्शित यस सिनेमाले एउटा सानो गाउँ भित्र पण्डित्याई गर्ने भिन्न भिन्न पण्डितहरुको कथामा समेटेको छ। ‘पण्डित बाजेको लौरी’ मा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा प्रस्तुत छन् जहाँ बादीले जीविको पार्जनको लागि मादल बनाउँछ भने बदिनीले आफ्नो शरीर बेच्ने काम गर्छे। तल्लो जात भनेर हेपिने बादी समुदाय र समाजको ठूलो जात भनिने पण्डित बीचको सम्बन्धलाई सिनेमामा प्रस्तुत गरिएको निर्देशक ओलीले बताएका छन्।

सिनेमामा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ। ‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ। अधृत फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको यो सिनेमा साउन ४ गते देखि प्रदर्शनमा आउँदै छ। यस अघि निर्देशक ओलीले सिनेमा ‘रोल्पा रोग’ निर्देशन गरिसकेका छन्।

http://www.gufgaf.com 
 

कमेन्ट लोड गर्नुस