सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउडा गीतमा फर्किदै पुराना र स्थापित गायकहरु

२०७४ फाल्गुन २०, ०२:४६

कुनै समय प्रदेश नम्वर ७ को मौलिक भाका देउडाको लोकप्रियता र व्यापार निकै वढी थियो । तर प्रविधिको विकासले लगानी वढ्दै जानु र त्यसवाट आउने आम्दानी घट्दै गएपछि देउडा गीतहरु वजारमा आउने कम कम हुदै गएको छ ।

दशक अघि देउडामा राज गरेका र यसवाट राम्रो आम्दानी गरेकाहरुले पनि देउडा गीत वनाउन छोडेको अवस्थामा अहिले आएर पनि पुराना र स्थानीत कलाकारहरु पनि वर्ष एक दुई भएपनि देउडा गीत निकालेर आफ्नो उपस्थिति जनाईरहेका छन ।

१२ वर्ष अघि रेकर्ड गरिएको वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीको यो गीतको लोकप्रयता आज पनि उस्तै छ । देउडा पारखीको मुखमा अझैसम्म पनि झुण्डीरहने यो गीतपछि रेग्मीले देउडा गीत वनाउन र गाउन छोडे ।

कहिले अर्काको गीतमा गाउने र केही तिजका गीत गाएका रेग्मी लामो समयपछि देउडा गीत ल्याएर फेरी आएका छन । अधिकांश चर्चित देउडा गीत ल्याएका वरिष्ट देउडा गायक रेग्मीलाई वढ्दो आधुनिकताको प्रयोगले गीतवाट कमाई हुन छोडेको लागेको छ ।

तर पनि केही कार्यक्रवाट भएको कमाईले स्रोताकै मायाले देउडा गीत गाउन थालेको उनी वताउँछन । कुनै एक सयम देउडा सम्राटको उपाधि समेत पाएका भुवन दाहाल पनि केही वर्ष गुमनाम जस्तै भए । गीत गाउन भ्याई नभ्याई हुने उनलाई पछिल्लो केही वर्षमा कतिले विर्सि पनि सकेका थिए ।

तर यो वर्षको केही महिना मात्रै दाहालको स्वरमा रहेका आधा दर्जन गीतहरु सार्वजनिक भएका छन । देउडा संगीतमा राज गरेका भोजराज भट्ट, नरेन्द्र रेग्मी, अन्तराम विष्ट, भुव दाहाल, दिपेन्द्र दाहाल लगायतका कालाकारहरु दशकौपछि देउडा गीत गाउन थालेका छन ।

कोहीले गीत वजारमा ल्याईसकेका छन भने केही ल्याउने तयारीमा रहेका छन । केही नयाँ पुस्ताले धानेको देउडा संगीतमा पुराना र अनुभवी कलाकारहरु फेरी सक्रिय हुन थालेका छन ।

देउडा गीतको लोकपियता घटेको छैन तर आम्दानी कम हुन थालेपछि गीतहरु आउन छोडेका वेला पुराना कलाकारहरुले एक दुई गीत निकालेरै भएपनि देउडा संगीतलाई वचाईरहेका छन ।

लगानी वढी हुने र आम्दानी घटेपछि यसमा लागेकाहरु विस्थापित भएको अवस्था वर्षमा एक दुई गीत निकालि रहेको देउडा गायक दिपेन्द्र दाहालले वताए ।

नयाँ पुस्ताहरुले पुराना भाव र संस्कृतिलाई आधुनिकतामा ढालेका वेला पुराना कलाकारहरुको पुनरावलोकनले देउडा संगीत वचाउन अझ मदत्त मिलेको छ ।

धेरै कलाकारहरु अहिले जसोजसो रहर मेटाउनकै लागि गीत वनाउन थालेका छन । यसले देउडा संगीतको वजारलाई फराकिलो वनाउन मदत्त गरिरहेको १४ वर्षपछि आफ्नो नयाँ गीत वजारमा ल्याउन लाग्नुभएका देउडा गायक सुरत रावत डोटेली कान्छा वताउँछन ।

समयमले हराएका देउडा कलाकारहरुको आगमनले प्रदेश सम्वर ७ को संस्कृति देउडाले अझ व्यापकता पाउने आशा पलाएको छ । तर त्यसका लागि संस्कृति प्रेमीहरुले पनि सहयोग गर्नुपर्ने देखिएको छ ।

कमेन्ट लोड गर्नुस