सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य संस्थामा स्टेचर अभाव

२०७४ चैत्र १६, ०२:३६

बजुराको बडिमालिका नगरपालिको बुढिगंगा स्वास्थ्य चौकिमा स्टेचर अभावमा बिरामीलाई समस्या भएको छ। स्वास्थ्य चौकीमा स्टेचर अभावले टाढाका बिरामीलाई बोकेर ल्याउन समस्या भएको स्वास्थ्य चौकिकि ईन्चार्ज ललिता रोकायाले वताईन्।

स्वास्थ्य संस्था र कुनै पनि वडाका गाँउमा स्टेचर नहुँदा बिरामीलाई डोकोमा बोकेर उपचारका लागी लग्नु परेको स्थानियले वताएका छन्। सुत्केरी महिलालाई डोकोमा बोकेर स्वास्थ्य संस्था पुयाउन् अप्ठयारो हुने गरेको स्थानिय मन वडले वताए।

अप्ठयारो र भिरको बाटो त्यसैमा बोक्ने साधन नभएकाले निकै समस्या हुनेगरेको महिला आमा समुहकी अध्यक्ष बिस्ना साँउदले वताईन। स्टेचरका लागि स्वास्थ्य चौकी र नगरपालिकामा पहल गर्दा पनि कतै बाट सहयोग नभएको उनको भनाई छ। 
 

कमेन्ट लोड गर्नुस