सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिडिओकै अगाडी झापड हान्ने निर्माण व्यवसायी पक्राउ

२०७५ असार २७, ०६:५५

जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा एक जना निर्माण व्यवसायीले दशरथचन्द नगरिपालिकाका ओभरसियर माथि हातपात गरेका छन् । सडक सम्बन्धीको छलफल चलिरहेका बेला जिल्लाको पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामशरण भट्टले ओभरसियर भक्तराज भट्टलाई झापड हानेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमण गिरीले बताए । झापड हान्ने निर्माण ब्यवसायी भट्टलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेको उनले बताए । 
हाल दशरथचन्द नगरपालिकामा कार्यरत ओभरसियर तत्कालीन जिल्ला विकास समितिमा हुदाँ काम गर्न आदेश दिई भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ । प्रशासनमै हातपात गर्ने निर्माण व्यवसायीका विरुद्ध सार्वजनिक मुद्धा चलाइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । 
 

कमेन्ट लोड गर्नुस