सुदूर नेपाललाई विश्वसँग जोड्दै

शक्ति देखाउन कर्णाली नदीमा हाम फाल्दा झाँक्रीको मृत्यु

२०७५ वैशाख १६, ११:२४

आज विहान कर्णाली नदीमा दुई जना झाँक्रीले हाम फालेका छन । उनीहरुमध्ये एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । स्थानीयलाई विहान शक्ती देखाउँछु, हेर भनेपछि कर्णाली हाम फालेको स्थानीयले वताएका छन् ।

जगन्नाथ गाँउपालिका–१ का ६१ वर्षीय मानसिंह बिष्ट र ५३ वर्षीय जयवहादुर बिष्टले हाम फालेका थिए । मान सिंह बिष्टको शव फेला परिसकेको छ भने, जय बहादुर बिष्ट बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले जानकारी दिए । 
वेपत्ताको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय वाजुराले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस