सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत प्राधिकरणको दिपायल स्टेशनमा आगलागी

२०७५ वैशाख १९, १०:०१

नेपाल विद्युत प्राधिकरणको दिपायल स्टेशनमा आगलागी भएको छ । बिहान ८ बजेको समयमा आगलागी हुँदा ट्रान्सफर्मर जोडने तारहरु जलेर नष्ट भएका छन । स्टेशनका फिडरहरु पनि जलेर नष्ट भएका छन । आगलागी अछाम लाईनमा चट्याङका कारण भएको हुन सक्ने विद्युत कार्यालयका कर्मचारी भरत द्वारीयाले बताए । करिव १० मिनेटको प्रयासपछि आगलागी नियन्त्रणमा आईसकेको छ । आगलागी हुदा डोटी र अछाममा विद्युत अवरुद्ध भएको छ । 

केही दिनदेखिको लगातारको हावाहुरीले गर्दा डोटीका ग्रामीण भेगमा धेरै दिनदेखि विद्युत अवरुद्ध थियो । गत बर्ष पनि स्टेशनमा आगलागी भएको थियो आगलागीवाट ट्रान्सफर्मर र फिडरहरु सबै जलेर नष्ट भएका थिए । स्टेशनमा एक साता अगाडी मात्रै सबै नयाँ उपकरणहरु जडान भएका थिए । 
 

कमेन्ट लोड गर्नुस