सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत प्राधिकरणको चरम लापरवाही, स्थानीयको दवावपछि मात्रै मर्मत हुन्छन् लाईन (भिडियो रिर्पोट सहित) 

२०७५ वैशाख २, ०७:२२

धनगढीको चटकपुरमा भाँचिएको विद्युत पोल मर्मत गन विद्युत प्राधिकरणले तीन दिन लगाएको छ । नेपाल विद्युत प्राधिकरण धनगढीको चरम लापरवाहीका कारण भाँचिएको बिद्युतको पोल मर्मत गर्न तीन दिन समय लगाईएको हो ।

मालवाहक ट्रकले ठक्कर दिदा २ वटा पोल भाँचिएको ३ दिनसम्म पनि मर्मतमा चासो नदिईएपछि आज बिहान स्थानीय वासिन्दाहरु विद्युत प्राधिकरण पुगेका थिए । स्थानीयहरु डेलिगेसन सहित पुगेपछि मात्र विद्युत प्राधिकरणले मर्मतका लागि कर्मचारी खटाएको थियो ।

चैत ३० गते साँझ मालवहाक ट्रकले भाँचे पनि आजसम्म मर्मतमा चासो नदिएको नेपाल विद्युत प्राधिकरण धनगढीले स्थानीयको दबाबपछिमात्रै मर्मतका लागि कर्मचारी खटाएको हो । 


अन्धकारमै नयाँ वर्षको स्वागत गर्नु परेपछि स्थानिय वासिन्दा आक्रोसित बनेका छन । चटकपुरको न्यू रोडटोलका स्थानीय वीरबहादुर थापाले विद्युत प्राधिकरणको लापरवाहीले ३ दिनसम्म अन्धकारमा बस्नुपरेको बताए ।

‘चैत ३० गते ट्रकले पोल भाचेपछि गएको बत्ति आज डेलिकेसन गएपछि हाकिमले बनाउछु भनेका छन् ।’,  ‘ खै के हुन्छ हेरम् ।’ थापाले भने विद्युत कार्यालयले चरम लापरवाही ग¥यो । विद्युत नभएकै कारण न्यूरोड टोलका वासिन्दाले खानेपानी समेत उपभोग गर्न नपाएको बताएका छन् । यसका साथै प्रचण्ड गर्मीमा पंखा समेत चलाउन नपाएपछि स्थानीयको दैनिकी कष्टकर बनेको थियो । स्थानीय तेज बहादुर धामीले  मोवाईल समेत चार्ज गर्न नपाएपछि संचार सम्बन्ध समेत बिच्छेद भएको बताए । 


३ दिनसम्म पनि विद्युत सुचारु गर्न पहल नभएपछि आज बिहान स्थानीय वासिन्दाहरु विद्युत प्राधिकरण पुगेका थिए । आफुहरुले विद्युत प्राधिकरणको धनगढी शाखामा गएर विरोध जनाएपछि मात्रै मर्मतका लागि कर्मचारी खटाएको थियो । तर नेपाल विद्युत प्राधिकरण धनगढी शाखाले भने कर्मचारीहरु नयाँ बर्षको बिदामा भएका कारण ३० गते साँझ भाँचिएको विद्युतको पोल समयमै मर्मत गर्न नसकिएको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण धनगढी शाखाका प्रमुख धिरेन्द्र कुमार यादवले १ गते बिदा भएका कारण कर्मचारी र मजदुर नभेटिएको बताए । नाफामुलक संस्था विद्युत प्राधिकरणले कुनै पनि ठाँउमा विद्युत सेवा अवरुद्ध भएमा मर्मत गरी सुचारु गर्न २४ सै घण्टा कर्मचारी खटाउनुपर्ने हुन्छ तर नयाँ बर्षको विदाका कारण कर्मचारी नपाएको भन्दै ३ दिनसम्म मुख्य वजार क्षेत्रको विद्युत अवरुद्ध पार्नु विद्युत प्राधिकरणको चरम लापरवाही हो ।  

    

कमेन्ट लोड गर्नुस