सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीहरुले विदेशमै आत्महत्या गर्ने क्रम बढ्यो (अडियो रिर्पोट सहित)

२०७५ वैशाख २०, ११:५०

प्रदेश नम्वर ७ मा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विभिन्न कारणले विदेशमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका धेरै युवायुवती विदेशमा कालगतीले मृत्युभन्दा पनि आत्महत्याका कारण बढिले ज्यान गुमाईरहेकोे बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ । विगतमा सुदुरपश्चिमबाट गएका युवा युवतीहरुको विदेशमा बढि जसो दुर्घटनाका कारण मृत्यु हुने गरेको थियो । तर पछिल्ला केहि बर्ष यता भने दुर्घटना भन्दा पनि आत्महत्याका कारण मृत्यु हुने दर बढेर आएको छ । सुखी जीवन बिताउने मिठो सपनालाई साकार पार्ने  उदेश्य राखेर बिदेशिएका धेरै सुदुरपश्मिेलीहरुले मानसिक तनाव बाट मुक्त हुन नसक्दा आत्महत्याको बाटो रोजीरहेका सुदुरपश्चिम सेवा समाज मलेसियाकी पुर्व उपाध्यक्ष लक्ष्म िभट्टले बताईन् ।

वैदेशिक रोजगारी क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि देखिएको छ । वैदेशिक रोजगारीका क्रममा धेरै महिलाले आत्महत्या गर्नुलाई विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रूपमा लिईएको छ । आर्थिक र शारिरिक शोषण महिलाहरुको आत्महत्याको प्रमूख कारण रहेको सुदुरपश्चिम सेवा समाज युएईका अध्यक्ष जयराज जोशीको भनाई छ । विशेषगरी खाडि मुलुकहरु युएई, साउदी अरब, कुवेत, मलेसिया सहित भारतमा पनि दिनहुँ जसो आत्महत्याको बाटो रोज्ने नेपालीहरुको सख्या बढेको छ । त्यसमा प्रदेश नम्वर ७ का पनि धेरै युवा युवति रहेका छन् । बैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका प्रदेश नम्वर ७ का युवा युवतीहरुले विदेशमै आत्महत्या गरेपछि झन्झटिलो प्रक्रियाका कारण उनिहरुको शव नेपाल ल्याउन पनि महिना दिनसम्म लाग्ने गरेको छ । परिवारलाई सुःख दिने भन्दै बिदेश गएकाहरुले उतै ज्यान गुमाउन थालेपछि मृतकका परिवारलाई त्यहा गठित सुदुरपश्चिम समाजले आर्थिक सहयोग पनि जुटाउने गरेको छ । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार पछिल्लो तीन महिनामा मात्रै विदेशमा ३ सय २४ जना नेपालीको मृत्यु भएको छ भने ती मध्येका ६० जनाले आत्महत्या गरेका हुन । पछिल्लो सुदुरपश्चिमबाट बैदेशिक रोजगारीमा गएका ५ जनाले आत्महत्या गरेका वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका खरिदार नविन जोशीले बताए । 
वैदेशिक रोजगारीलाई निकै आकर्षक ठानेर ऋण खोजेर गएका युवा युवतीहरुले विदेशमा सोचेभन्दा फरक र कठिन काम हुनु र कमाई पनि सोचे अनुसार नहुने गरेका कारण आत्महत्याका घटना बढिरहेका हुन् । कतिपयले विदेशबाट धन नकमाई फर्कनुभन्दा आत्महत्या गर्नु नै सहज ठान्ने गरेका पनि हुन सक्छन । 

विभिन्न मिठा मिठा सपना भनु असिमित रहर बोकेर युवा युवती हरु विदेश जानेको लहर नै चलेको छ तर बिडम्बनाको कुरा आत्महत्या गर्ने को संख्या पनि बढ्दो छ । जब सपना रहर वा पारिवारिक परिस्थितिका कारण युवा नेपालबाट विदेशमा पुग्छन् र आफुले सोचेजस्तो नपाउनु, बिभिद समस्या आइपर्नु वा कानुनी बाधा अड्चन, मानसिक तनाब, परिवारको सम्झना बारम्बार आईरहनु आफुले सोचे जस्तो जागिर नपाउनु तथा बेरोजगारी बस्नु, आफुलाइ चाहिएको खर्च पुगाउन नसक्न, देखासिखी लगायत आफूले सोचेजस्तो नहुनु कारण हुन् जसले गर्दा युवा आफ्नो अकालमा ज्यान गुमाइ रहेका छन । यो समस्या दिनानु बढ्दो छ । विदेशमा रहेका बिभिन्न संघ सस्थाहरु लगायत राजदुतावासले बिभिन्न किसिमका कार्यक्रम आयोजना गरेर समस्यामा परेका युवाहरुलाई उचित परामर्श तथा सहयोग गर्न सके केही मनोवल वढाउन सकिने अवस्था छ ।
वैदेशिक रोजगारीमा जानु पुर्व वास्तविकता वुझेर मात्रै गए पनि आत्महत्याको दरलाई घटाउन सकिन्छ । नेपालमा भने अनुसारको काम विदेशमा पाईने हो वा होईन, भने अनुसारको कमाई हुने वा होईन र विदेशमा उक्त काम गर्न सकिने हो वा होईन भन्ने विषयमा स्वदेशमा रहँदा गहनपुर्व सोच्न पनि आवश्यक छ । 

अडियो सुन्नुहोस् । 

कमेन्ट लोड गर्नुस