मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७५ वैशाख १७, ११:४९
आईतवार राती धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा से ३ प ३६३५ न ंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको गएराति करीब ९ः०० बजेतिर धनगढी चौराहबाट घर जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतक पाण्डेले चलाएको मोटरसाइकल अनियन्त्रित भई र्दुघटना हुँदा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।




कमेन्ट लोड गर्नुस