बैतडीमा सिडिओको बिदाईमा आँखा भरी आशु
“काटिगयो अङुलिन चुईगयो रगत
यति मायाँ मुई क्या लाग्यो छुटिन्या बगत”
यति भन्दै बैतडीमा ११ महिना प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरेका सिद्धराज जोशी हेटौडा जान तयारीमा लागे । जिल्लामा कार्यालय प्रमुखहरु आँउछन् जान्छन्, यो सरुवा हुने प्रक्रिया नै हो भईरहन्छ भन्ने सबैलाई थाह छ । तर, बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको ११ महिना पछि हेटौडा सरुवा हुदाँ बैतडीवासीले आशु बगाएका छन् । जिल्लामा रहदाँ जिल्लाबासीको मन जितेका जोशी जिल्ला छोड्दै गर्दा आँखाभरी आँसु निकाल्दै बिदा भए । उनलाई गरिएका केहि बिदाई समारोहमा बोल्ने ब्यक्तिहरुले रुदैँ भाषण गरेको देखियो । शुक्रवार जिल्ला स्थीत संघसस्था र सञ्चारमाध्यमले गरेको बिदाई समारोहमा उपस्थीत ब्यक्तिहरुको आखाँ भरी आँशु थियो । सहभागीहरु संगै जोशी पनि शिर तल गरि बेला–बेला आशु पुच्दै गरेको देखिन्थ्यो । जोशीले जिल्लामा रहदाँ नियमित जिल्ला प्रशासनले गर्ने कामकाजहरु प्रभावकारी ढंगले त गरे नै, अझ उनि गरिब, दलित र ग्रामिण क्षेत्रका नागरिकको अझै बढि प्रय बने । जिल्लाको दुर्गम पञ्चेस्वर गाँउपालिका स्थीत गाँउमै गएर ८७ बर्षीय बृद्धालाई नागरिकता बितरण गर्दाको क्षण, सडकमा गिट्टी कुटेर ज्याला नपाएका बृद्धाहरुको गुनासो पछि ठेकेदारलाई कारबाहि गरी पिडितलाई ज्याला उपलब्ध गराएका लगायतका कामहरु स्मरण गर्न लायक छन् ।
यो संगै प्रमुख जिल्ला अधिकारी जोशीले बैतडीका १० स्थानिय तह मध्ये सिगास गाँउपालिका बाहेक ९ ओटामा लोकसेवा तयारी कक्षाको सुरुवात गरेका थिए । बिभिन्न बिकास निर्माणका योजनाहरुको बिवाद मिलाउने क्रममा निकै कडा रुपमा प्रस्तुत भएका जोशीले सामाजिक काममा सबैको साझेदारी र लगानी हुनैपर्ने परिपाटिको श्रृजना गरेका थिए ।उनले मेलौली स्थीत मणिलेक बहुमुखि क्याम्पसमा तलब नपाएका शिक्षकहरुको तलबका लागी एकैदिनमा ३ लाख रुपैयाँ चन्दा संकलन गराई दिएका थिए । बिभिन्न मञ्चहरुमा जादाँ डेउडा गीत गाएर दर्शक तथा अतिथीहरुलाई नचाउने गरेका प्रमुख जिल्ला अधिकारी जोशीले मनोरञ्जन मात्रै नभई प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव समेत शान्तीपुर्ण बातावरणमा सम्पन्न गरेका थिए । प्रमुख जिल्ला अधिकारी जोशी आफु् पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेकोले पनि आफु बैतडी बासिको नजरमा लोकप्रिय भएको हुनसक्ने सुनाउछन् ।
उनले जादाजादै सुनाएका देउडा गित
ग्वालाले बाकरो लैग्यो पारि खोलाई खोला
मेरो यो बैतडी बसाई नबिर्षनु होला
धान बोयाले कसो होला कोदो बोया गडा
म भने बाइजाँदो भया बसे रानि चडा
बाँसुरी रन्कीन लागी गडिका पिरुकी
आई गायो छुटिन्या बेला यो छाति चिरुँकी
दाँतले फुटाउन्या ओखर बैतडीमा हुन्छ
इति प्यारो बैतडी छुट्यो मेरो मन रुन्छ
मित्रले तरेका खेला सत्रु तरौजन
भेटहोला कतै न कतै मायाँ मरौजन
महाकालि मधुरो भयो पडका छायाले
फेरी नी बैतडी आउला हजुरका मायाँले
म वारी साई रया पारि बीच बग्दी सेती
छुटिन्या बेलाको माँया क्या लाग्दोहो यति
बल्ल जोत्या रोपाई ग¥या बैतडी पाटन
छोड्या मैले चिनो तेई हो सौराडी काटन ।
प्रमुख जिल्ला अधिकारी जोशीले बिगतमा क्यासेट एल्बम समेत निकालेका छन् ।