बैतडीमा सवारी दुर्घटना हुने क्रम बढ्यो
पछिल्लो समय बैतडीमा सवारी दुर्घटना हुने क्रम बढेकोे छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार आर्थीक वर्ष २०७३÷७४ मा १६ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७४÷७५ मा ३९ वटा सवारी साधन दुर्घटनामा परेका छन्। बैतडीमा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा जिप रहेका छन्। धेरै चल्ने सवारी साधन पनी यहाँ जिपनै हो।
आर्थिक वर्ष ७३/७४ मा ९ वटा जिप दुर्घटनामा परेकोमा आर्थिक वर्ष २७४÷७५ मा १३ वटा जिप दुर्घटनामा परेका छन्। यस्तै आर्थिक वर्ष ७३÷७४ मा सवारी दुर्घटनामा परी ७ जनाको मृत्यू र ५६ जना घाईते भएका जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए। जसमा १७ जना सक्त्त घाईत भएका छन् भने ३८ जना सामान्य घाईते भएका हुन्।
रावलका अनुसार आर्थिक वर्ष ७४÷७५ मा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यू हुनका साथै ७३ जना घाईते भएका छन्। जसमा १८ जना सक्त्त र ३८ जना सामान्य घाईते भएका छन्। पहाडमा कच्ची र साधुरो रोड भएकोले सवारी साधन दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रावलले बताए। साथै यहाँ रोड निमार्ण भईरहेकोले र सवारीसाधानको संङख्या पनी बढीरहेकोले दुर्घटनाका घट्ना बढीरहेको उनको भनाई छ।