सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खोलाको पानी गाउँमा पस्यो, दुई दर्जन परिवार विस्थापीत

२०७५ साउन २, ०२:४०

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ मा वर्षाले बढेको खोला गाँउमा पसेको छ । वडा नम्बर ३ स्थीत कलदे खोला सोही स्थानको सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घरहरु जोखिममा परेकाछन् । खोलाको पानी घरभित्रै आउन थालेपछि स्थानीय घर बाहीर बसिरहेका वडा अध्यक्ष भरत बोहराले बताए ।

यस्तै खोलाले करिब २ सय रोपनी खेत बगरमा परिणत गरेको डिलासैनि वडा नम्वर १ का अध्यक्ष अक्कल बहादुर रानाले बताए । बाढीले खानेपानिका मुहान, पाइप तथा धारा समेत बगाईदिएपछि खानेपानीको समस्या भएको उनको भनाई छ । बाढिले क्षति पु¥याएपछि जिल्ला प्रशासन कार्यालय, गाँउपालिका कार्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई खबर गरेको वडा नम्बर ३ का अध्यक्ष बोहराले बताए ।

गाँउको माथिबाट पहिरो आइरहेकाले राति समेत पानी परेमा गाउँनै जोखिममा पर्ने स्थानीयको चिन्ता छ । 
 

कमेन्ट लोड गर्नुस