बेलौरी नगरपालिकामा तालाबन्दी
२०७५ वैशाख १९, ०७:३२
कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सिफारिस गर्न जाँदा नेपाल दलित संघका जिल्ला उपाध्यक्ष धर्मसिंह मिस्त्रीमाथि वडा नम्बर ६ को कार्यालयमा कुटपिट भएको र एक महिनासम्म पनि दोषीलाई प्रशासनले कुनै कारवाही नगरेको भन्दै तालावन्दी गरिएको हो । नेपाल दलित संघ क्षेत्रीय कार्य समिति र नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति तथा बेलौरी नगर कार्य समितिले तालाबन्दी गरेको हो ।
कमेन्ट लोड गर्नुस