सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, बिरामीसहित चार घाइते

२०७५ जेठ १३, १०:३९

बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर नजिकै बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते भएका छन्। दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ आईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो। एम्बुलेन्स सडकबाट झण्डै एक किलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। एम्बुलेन्स दुर्घटनामा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, ४० वर्षीय देवदत्त भट्ट १८ वर्षीय गणेशदत्त भट्ट र  एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ वर्षीय गोविन्द धामी घाइते भएका प्रहरीले जनाएको छ। घाइते सबैको प्रहरीले उद्धार गरेको छ। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको बताइएको छ। एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस