फलाम खानी पत्ता लगाउन भु–गर्भविदहरुको टोली बझाङमा
बझाङका फलाम खानीमा भुगर्भविदको टोली पुगेको छ । खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे सहित ३ जनाको टोली विहीबार बझाङ पुगेको हो । बझाङ जिल्लामा फलाम खानीको सम्भावना रहेको कुरा यस अघिका अध्ययन प्रतिवेदनले देखाएका कारण कुन ठा“उमा कति मात्रामा फलाम छ भन्ने कुराको विस्तृत अध्ययन गर्नका लागि टोली आज बझाङ पुगेको हो । टोलीले तल्कोट गाउ“पालिकाको भोपुर रुवातोला सडकको बयालधारमा आज सम्भाब्यता अध्ययन गरेको छ । टोलीले प्रयोगशालामा परिक्षण गर्नका लागि सो ठाँउको ढुङ्गाको नमुना आफुहरुले लिएको खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले बताए । प्रयोगशालामा परिक्षण गर्नका लागि हामीहरुले यहाँको ढुङ्गा लगेका छौ प्रयोगशालामा परिक्षण गरी सके पछि मात्रै थाहा हुन्छ । उनले भने–‘कति मात्रामा फलाम डिपोजिट छ भन्ने कुरा अहिले भन्न सकिदैन् । प्रयोगशालामा परिक्षण गरी सकेपछि मात्रै भन्न सकिन्छ ।
तल्कोट गाउ“पालिकाको भोपुर रुवातोला सडकको बयालधारमा सडक निर्माणको क्रममा डोजरले खन्दा फलाम जस्तै ढुङ्गा फेला परेपछि यो विषय बाहिर आएको थियो । सडक खन्ने क्रममा निस्किएका फलामे ढुङ्गाहरु ठुलो मात्रामा सेती नदी समेत खसेको स्थानीयले बताएका छन । चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउ“ देखी धमेना गाविसको कुव“र गाउ“सम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठा“उ ठा“उमा फलाम जस्तै ढुङ्गाहरु भेटिएका छन् । जताततै फलामै फलाम जस्ता भेटिएपछि खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामपसाद घिमिरे सहीतको टोलीले स्थलगत रिर्पोटिङ तथा अध्ययन गरेपछि खुसी लागेको तल्कोट गाँउपालीका १ का वडा अध्यक्ष गोपाल धामीले बताए । साविकको धमेना गाविसमा पर्ने बयालधार डा“डामा रहेको फलाम खानी आज भन्दा करिब ६५ वर्ष पहिला प्रयोगमा रहेको उनको भनाई छ ।
खानीबाट कच्चा फलाम निकालेर यहा“का स्थानीय लुहार समुदायले प्रशोधन गर्ने गर्दथे । त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्न खाले हतियार र घरायसी प्रयोगका लागि बनाईएका भा“डा कु“डा हालसम्म पनि स्थानीयले प्रयोग गर्ने गरेको पाईएको छ । खानीबाट फलाम झिकेर आफै प्रशोधन गरेका तल्कोट गाउ“पालिका १ भाटगाउ“का थोल्या कामीका अनुसार खानी प्रयोग गरे बाफत लुहार मुखियाले तत्कालीन बझाङ राज्यलाई तिर्नू पर्ने कर तिर्न नसकेपछि खानी प्रयोगमा बन्देज लगाइएको यहाँका बुढापाकाहरुको भनाई छ । ‘मेरै हातलले फलाम झिकेर ल्याएर पगाल्ने र भा“डा कुडा बनाउने काम गरेको छु’ ८० वर्षिय उनले त्यो वेलाको फलाम प्रशोधन गर्ने प्रविधिको चर्चा गर्दै भने ‘एउटा भट्टी हुन्थ्यो । त्यसमा फलाम ढुङ्गालाई फुटाएर साह्रो गोल (बा“झको रुखबालेर बनाइएको कोइला) मा राख्नु पथ्र्यो । ४ तिरबाट छालाको खला“ती (आरनमा आगो फुक्ने चिज) ले चार जनाले धुनु (फुक्नु) पथ्र्याे । एक जनाले लामो सनासोले फलाम चलाइ राख्नु पथ्र्यो । फलाम तातिएपछि पग्लेर भट्टीको तल राखिएको भा“डोमा चुहिन्थ्यो । त्यसैलाई आरनमा पिटेर चाहेको सामान बनाउने गरिन्थ्यो’ यहा“को फलाम एकदमै गुणस्तरिय भएको र आयातित फलामभन्दा सजिलै स“ग चाहिएको कृषि औजार, हतियार वा भा“डाकु“डा बनाउने सकिने खालको रहेको उनको भनाई छ । त्यो ठाउ“मा फलाम खानी छ भन्ने कुरा यहा“का सबैलाई थाहा भए पनि त्यसको संरक्षण र उत्खननमा कसैले वास्ता नगर्र्ने गरेको स्थानीयहरु बताउँछन ।