सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुना टपरीले फेरेको जिवन (भिडियो रिर्पोट)

२०७५ वैशाख १७, ०१:२९

सुदूरपश्चिम अर्थात प्रदेश नम्बर ७ का वासिन्दाहरु रोजगारीका लागि भारत जाने र निम्न स्तरको काम गर्ने चलन पुर्खाैदेखी चलिआएको छ । पछिल्ला केहि बर्षयता सदूरपश्चिमेलीहरु रोजगारीका लागि भारत सहित तेस्रो मुलुक जाने क्रम पनि निकै बढ्यो । तर हाम्र्रै प्रदेश नम्बर नम्बर ७ मा केहि यस्ता युवाहरु पनि छन्, जसले सुदूरपश्चिममा नै भबिष्य खोजीरहेका छन । यिनै मध्येका एक हुन कैलालीको धनगढी उपमहानगरपालिका १४ फुलवारीका झलक प्रसाद भुषाल।

जंगलमा सुकेर खेर जाने सालको पातलाई संकलन गरेर बिक्री बितरण गरी राम्रो आम्दानी लिन सकिने कुरा बुझेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का झलक प्रसाद भुषालले दुना टपरी उद्योग संचालनमा ल्याएको ८ महिना मात्रै भयो। तर यो छोटो समयमै उनले उत्पादन गरेका दुना टपरीहरुले धनगढी, महेन्द्रनगर, अत्तरिया लगायतका शहरमा राम्रो बजार पाउन थालेपछि उनि हौसीएका छन्। बिभिन्न किसिमका भोजहरुमा समूहमा खाना खानु पर्दा खाना पस्किन सालको पातको टपरी र दुना प्रयोग हुने चलन पहिलेदेखी नै चलिआएको हो।

तर पछिल्लो समय बजारमा सालको पातका दुना टपरी पाउन छोडेपछि प्लाष्टीक र कागजका थालहरु प्रयोग भईरहेका बेला फुलवारीमा दुना टपरी उद्योग खुलेपछि यसले राम्रो बजार पाएको हो। जैबिक मल निर्माण गर्नका लागि गाई भैसीलाई ओछ्याउन स्याउलाको रुपमा प्रयोग हुने सालको पातबाट आधुनिक मेसिनको सहाराले दुना टपरी बनाउन थालेपछि भुषालको दुना टपरी उद्योग फष्टाउदै गएको हो। उनले दुना टपरी उद्योग संचलनमा ल्याएर आफु मात्रै उद्यमी बनेका छैनन् की गाउँका ५० जना भन्दा बढी महिलाहरुलाई आय आर्जनको राम्रो स्रोत पनि खोली दिएका छन्।

महिलाहरुले जंगलबाट टिपेर ल्याएको सालको पात भुषालको दुना टपरी उद्योगले कच्चापदार्थका रुपमा खरिद गर्ने गरेको छ। समुहमा खाना खादा धेरै थालहरु चाहिने र तीनलाई धुन फेरी कामदार र समय चाहिन्छ। तर यसको विकल्पको रुपमा पातबाट बनेका दुना टपरीहरुको प्रयोग वातावरणीय दृष्टिले पनि लाभदायक छ। यसका साथै सालको पातबाट बनेका दुना टपरीलाई शुद्ध मानिने भएकाले पूजामा पनि प्रयोग गर्न सकिन्छ। आफ्नै ठाउमा केहि गरौ भन्ने मनसायका साथ दुना टपरी उद्योग संचलनमा ल्याएको भुषालको भनाई छ।

दुना टपरी उद्योग संचालनमा आएपछि जंगलमा सुकेर खेर जाने सालको पात फुलवारीका विपन्न समुदायका लागि जीविकोपार्जनको विकल्प बन्दै पैसामा परिणत भएको छ। स्थानीय समुदायले फुर्सदको समयमा नजिकै रहेको वनबाट निशुल्क ल्याउन सकिने सालको पात संकलन गरि आम्दानी गरिरहेका छन्। प्लाष्टिकको प्लेटबाट हुने वातावरणिय प्रदुषण न्यूनिकरण गर्नका लागि पनि सालको पातबाट तयार हुने दुना टपरीको प्रयोगमा जोड दिन आवश्यक छ। यसका लागि राज्यले पनि लगानी गर्न जरुरी छ। 
 

कमेन्ट लोड गर्नुस