सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करणीको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ

२०८२ जेठ ११, ०४:४६

धनगढी: कैलालीमा करणीको अभियोगमा ७० वर्षीय एक वृद्ध पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–५ सिमरानाका ७० वर्षीय लोकबहादुर विष्ट करणीको अभियोगमा आइतवार पक्राउ परेका हुन्।

नेपाल प्रहरीले २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विष्टलाई पक्राउ गरिएको बताएको छ। महिलाले जबरजस्ती करणी गरेको उजुरी दिएपछि अस्थायी प्रहरी पोस्ट प्रतिखेतको टोलीले पक्राउ गरेको हो। घटनाको विषयमा कैलाली प्रहरीले थप अनुसन्धान गर्दै छ।

 

कमेन्ट लोड गर्नुस