सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

२०७५ साउन ९, ०२:४४

गएरातीदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्यान्हपछी पुनः सञ्चालनमा आएको हो।  
सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछी राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता ,प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। गएराती परेको पानीका कारण महाकाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको थियो । राजमार्ग पुनः सञ्चालनमा आएपछी रोकिएका सवारी साधनहरु तथा यात्रुहरु आ आफ्नो गन्तब्यतर्फ लागेका छन्।  
वि स २०६० साल असारमा  आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत  राम्रोसंग नहुँदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ।
यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो। 
सोही बेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगर बासीलाई चिन्तित बनाएको स्थानिय सुरेस श्रेष्ठले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस