सुदूर नेपाललाई विश्वसँग जोड्दै

ला लिगा अमेरिका र क्यानडामा पनि खेलाइने

२०७५ भदौ १, ०८:२०

 ला लिगा फुटबलका खेलहरु अब युरोपियन देशहरुभन्दा बाहिर पनि खेलाइने भएका छन् ।
स्पेनिस ला लिगाले लिगका खेलहरु अब अमेरिका र क्यानडामा पनि सञ्चालन हुनेछन् ।  अमेरिका र क्यानडामा ला लिगाका खेलहरु सञ्चालन गर्न १५ वर्षलाई सम्झौता गरेको छ । 
केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाली महाद्वीपमा प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेको ला लिगाले युरोप बाहिर देखाउने सम्झौता गरेर खेललाई झनै व्यावसायिक तवरले अघि बढाउने बुझिएको छ ।
ला लिगाले युरोप बाहिरको पनि फुटबल विकासमा योगदान गर्ने बताउँदै आएको छ ।

कमेन्ट लोड गर्नुस