सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्याम्पियन्स लिगको फाइनल पुुग्यो रियल मड्रिड

२०७५ वैशाख १९, ०९:४५

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । लगातार तेस्रो पटक रियल उपाधि नजिक पुगेको हो । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २–२ को बराबरी भए पनि समग्रमा ४–३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो ।
मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता कायम गर्दा पनि वायर्नसँग रियलको वरावरी भएको हो । जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पनि दुवैले एक–एक गोल गरे । ४६ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । तर ६३ औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलमा वायर्न बराबरी ग¥यो । 
सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति लिभरपुल र रोमाबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फाइनलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो । फाइनल खेल मे २६ मा युक्रेनको किएभमा हुनेछ ।
 

कमेन्ट लोड गर्नुस