सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर बेन स्टोक्सको भविष्यलाई लिएर चर्को बहस

२०७५ साउन ३१, ०९:१६

 इङ्ल्याण्डका अलराउण्डर बेन स्टोक्सको भविष्यलाई लिएर चर्को बहस भएको छ । इङ्ल्याण्डको अदालते उनलाई झगडाको आरोपमा सफाई दिए पनि क्रिकेट भविष्यबारे पूर्व कप्तानहरुका बीचमा मतभेद देखिएको हो ।
पछिल्लो वर्ष वेस्टइन्डिज विरुद्धको खेल पछि ब्रिस्टलमा झगडा गरेको आरोप लागेको थियो । उक्त आरोपमा उनले अदालतबाट सफाई पाए पनि क्रिकट अनुशासन आयोग सीडीसीले आन्तरिक जाँच गर्ने बताइएको छ । 
उनको जाँच भारतविरुद्धको तेस्रो टेस्ट पछि हुनेछ । अदालतमा बयान दिन उपस्थित हुनुपर्ने भएपछि स्टोक्स दोस्रो टेस्ट खेल्न पाएका थिएनन् । तेस्रो टेस्टमा भने उनी परेका छन् । अदालतको फैसला पछि इङ्ल्याण्डका दुई पूर्व कप्तान भने विभाजित देखिएका छन् । 
पूर्व कप्तान आर्थटनले भने ‘अदालतको फैसला अनुसार स्टोक्स निर्दोष सावित भएपछि थप अनुसन्धान र कारबाहीको आवश्यकता छैन ।’
तर यो कुरा मान्न अर्का पूर्व कप्तान नासिर हुसेन तयार छैनन् । उनले भनेका छन् ‘सीसीटीवीमा देखिएको फुटेज अनुसार अनुसन्धान गर्नुपर्छ, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन।’

कमेन्ट लोड गर्नुस