सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा

२०८२ फाल्गुन ६, ०४:०५ खबर संवाददाता

मुम्बई: नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्।

आईसीसीले बुधबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार उनी छैटौँ स्थानबाट चौथो स्थानमा पुगेका हुन्।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरियता सुधार भएको हो। उनले प्रतियोगितामा नेपालका लागि सर्वाधिक १६९ रन बनाएका थिए भने बलिङतर्फ दुई विकेट लिए।

उनको रेटिङ अंक २०२ बाट बढेर २४४ पुगेको छ, जसले उनलाई शीर्ष चारमा पुर्‍याएको हो।
 

कमेन्ट लोड गर्नुस