सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्तरोन्नति गरिएको सडकमा डोजर लगाएर होम पाईप हाल्दै ८ लाख स्वाहा पारेको स्थानीयको आरोप (अडियो रिर्पोट सहित)

वजेट सिद्धाउन विकासे काममा झारो टार्ने नियत 

२०७५ जेठ २०, ०७:०२

कञ्चनपुरको लालझाडी गाउँपालिकामा वजेट सिद्धाउन विकासका कामहरु झारो टार्नका लागि भईरहेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन । विकास निर्माणका कामहरुमा मापदण्ड विपरित मनलाग्दी रुपमा गरिरहेको गाउँपालिकाका वासिन्दाले आरोप लगाएका हुन् । स्तरोन्नति गरिएको सडकमा डोजर लगाएर होम पाईप हाल्दै ८ लाख स्वाहा पारेको गुनासो स्थानीयले गरेका छन । लालझाँडी गाउँपालिकाको वडा नम्वर १ मा कालोपत्रे गर्नका लागि सडक तयार पार्दै त्यसलाई डोजर लगाएर होम पाईप हाल्दै माटोले पुरेको आरोप गाउँपालिकाका वासिन्दाहरुको आरोप छ । लालझाँडी गाउँपालिकाको वडा नम्वर १ मा छेदुलाल चौधरीको घरदेखि सिद्धवावा खेल मैदान जोड्ने सडक स्तरोन्नति गर्दै १० लाख रकम खर्च गरियो । सडक कालोपत्रे गर्नका लागि तयारी अवस्थामा वनाईएपछि गाउँपालिकाले आफै डोजर लगाएर सडक खन्यो र दुई वटा होमपाईप आरसीसी लगायत आधार तयार नपारि खाल्डो खनेर होमपाईप मात्रै हालेर सडक पुरेपछि स्थानीय वासिन्दाले विकासको नाममा व्यथिति गर्दै अनियमितता गरेको स्थानीय वासिन्दाको भनाई छ ।  

झण्डै ८ लाखमा दुई वटा होमपाईप मात्रै हालेर गाउँपालिकाका जनप्रतिनिधिर कर्मचारीहरुले वदमासी गरिरहेको भन्दै स्थानीय वासिन्दाले विकासको काममा लापरवाही नगर्न सुझाएका हुन् । होमपाईप हाल्दा त्यसको आधार तयार पारेर आरसीसी लगायतका कामपछि मात्रै राखिनुपर्नेमा डोजर ल्याएर सडक खन्दै होमपाईप राखेर माटोले पुरेपछि स्थानीयले विकासको कामलाई कमाई खाने भाँडो वनाईरहेको आरोप लगाएका हुन् । लालझाँडी गाउँपालिकाका ईन्जिनियर दिपेन्द्र कुँवर वजेट अभावले त्यसै होमपाईप राखेर माटोले पुरिएको स्वीकारे । लालझाँडी गाउँपालिकाले भने सो योजना छनोटमा नपरेकोले पानी निकासका लागि  ८ लाखको दुई होमपाईप हालेको जनाएको छ । लालझाँडी गाउँपालिकाकाका अध्यक्ष मदनसिंह वडायकले तत्कालका लागि काम चलाउन यसो गरिएको वताए । 

अडियो सुन्नुहोस्

कमेन्ट लोड गर्नुस