सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई महिनाभित्र वचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन (भिडियो सहित)

वचतकर्ताको लाखौं रकम लिएर वेपत्ता भएका लालीगुराँस सहकारीका सञ्चालक सम्पर्कमा आए

२०७५ जेठ २७, ११:३०

धनगढीको चौराहमा रहेको लाली गुराँस सहकारी संस्थाका सञ्चालक वचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर सम्पर्क  विहीन भएको समाचार प्रसारण र प्रकाशन भएपछि सञ्चालकहरु सम्पर्कमा आएका छन। अधिकांश रकम मनपरी रुपमा ऋण दिएको र वचकर्ताहरुको रकम फिर्ता गर्न नसकिने अवस्था आएपछि सञ्चालकहरु सम्पर्क विहीन हुँदै आएकोमा समाचार प्रसारण र प्रकाशनपछि भने सञ्चालकहरु सम्पर्कमा आएका हुन् । २०६८ सालमा स्थापना गरिएको सहकारीका अध्यक्ष जयानन्द जोशीले सहकारी ऋणमा डुबेका कारण वचतकर्ताको रकम फिर्ता गर्न नसकिएको स्वीकार गरे  । 
धरौटी विना नै जमानीमा ५ हजारदेखि दुई लाखसम्म शेयर सदस्यहरुलाई ऋण दिईएको ऋण नउठेपछि सहकारी टाँठ पल्टिएको हो । १ सय ७८ जना शेयर सदस्य रहेको सहकारीको सञ्चालक समितीमा रहेकाहरुले पनि ऋण लिएर फिर्ता गरेका छैनन् । धनगढीको चौराहमा रहेको कार्यालय वन्द गरेका कारण वचतकर्ताहरु रकम डुवेको भन्दै निराश भएका सहकारीका अध्यक्ष जोशीले भने अवको दुई महिनाभित्र सवै वचतकर्ताहरुको  रकम फिर्ता गरिने आश्वासन दिए । 
 

कमेन्ट लोड गर्नुस