सम्भावनाको प्रदेश नम्वर ७ किन पछाडी परेको छ ? (भिडियो सहित)
प्रदेश नम्वर ७ अथाह सम्भावना भएर पनि अझैसम्म समग्र विकासमा पछाडी परेको छ । नेपाल राष्ट्र वैंकको अनुसन्धान विभागका निर्देशक डाक्टर गुणाकर भट्टले शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार लगायतका क्षेत्रमा समग्र देशको भन्दा तथ्यांकगत रुपमा पछाडी परेको वताए ।
विभिन्न तथ्यांकको विश्लेषण गर्दा प्रदेश नम्वर ७ मा ७ प्रतिशत सडक निर्माण भएको छ । देशभरीको सडक निर्माण भने ५१ हजार किलोमिटर रहेको छ । खेतीयोग्य जमीनमध्ये देशभर ४५ प्रतिशत जग्गामा सिंचाई सुविधा पुगेकोमा यो क्षेत्रमा ३५ प्रतिशत मात्रै रहेको छ ।
देशभर ९६० मेघावाट विद्युत उत्पादन भएकोमा प्रदेश नम्वर ७ मा ४० मेघावाट मात्रै भएको छ । मानव विकास सुंचाक अनुसार नेपालीको सरदर आयु ७० वर्ष हुँदा यो प्रदेशका वासिन्दाको सरदर आयु ६६ वर्ष मात्रै छ ।
देशभर २५ प्रतिशत गरीवी रहँदा यो क्षेत्रका ४२ प्रतिशत वासिन्दा गरीवीको रेखा मुनि छन । प्रदेश नम्वर ७ का ८८ वटा स्थानीय तहमध्ये ३४ स्थानीय तहमा मात्रै वाणिज्य वैंकहरु पुगेका छन ।
देशभरमा २४ सय अर्व निक्षेप संकलन हुने गरेकोमा यो प्रदेशमा ४१ अर्व संकलन हुन्छ भने २२२ सय करोड देशभर कर्जा लगानी हुँदा ७ नम्वर प्रदेशमा ५५ अर्व कर्जा लगानी हुने गरेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को लागि पुर्व वजेटकालीन अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र वैंकको अनुसन्धान विभागका निर्देशक डाक्टर गुणाकर भट्टले प्रस्तुत गरेको समग्र देश र प्रदेश नम्वर ७ को तथ्यांक हेर्न यहाँ क्लिन गर्नुहोस् ।